१४ जिल्लाका विद्यालय भोलिदेखि बन्द नगरे लकडाउन गर्नुपर्ने हुन्छ : स्वास्थ्य मन्त्रालय


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, बैशाख २ २०७८
13.9K
SHARES

काठमाडौं–स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका विद्यालय भोलिदेखि नै बन्द गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यी क्षेत्रमा विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ ।

अति प्रभावित १४ जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् ।

“त्यहाँ विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ,” उनले भने, “त्यसैले विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ ।”

मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरु पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागि नभइदिन अनुरोध गरेको छ ।