News Portal

रुरु जलविद्युतको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

मोटिभेटन्यूज संवाददाता
८२ पटक

काठमाडौं – रुरु जलविद्युत परियोजनाको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँट भएको हो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरिद आवेदन परेको थियो। जसमध्ये ८ हजार ५३५ आवेदन रद्द भएका छन् भने बाँकी १५ लाख ९० हजार ८९६ आवेदन स्वीकृत भएका छन्।

स्वीकृत आवेदनमध्ये न्यूनतम १० कित्ताका दरले ३७ हजार ९१६ जनालाई शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ। अर्थात भाग्यमानी ३७ हजार ९१६ जना आवेदकले कम्पनीको १० कित्ता शेयर प्राप्त गरेका छन्।

सीडीएस एन्ड क्लियरिङको https://iporesult.cdsc.com.np/बाट रिजल्ट हेर्न सकिन्छ । बिक्री प्रबन्धकको वेबसाइटबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

२०७८ बैशाख ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्