News Portal

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

मोटिभेटन्यूज संवाददाता
७४ पटक

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्यमा ७ सय वृद्धि भएको छ ।

बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७०० रुपैयाँ बढेको हो ।

यो सँगै आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । हिजो १२ सय ९० मा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

२०७८ बैशाख ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्