News Portal

एक बर्षअघि निर्माण व्यवसायीका अध्यक्ष गौचनको हत्यामा संलग्नमा तीन जना पक्राउ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३५८ पटक
काठमाडौं

कार्तिक १२, काठमाडौं – निर्माण व्यवसायीका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौंले शरद गौचनको हत्याकाण्डमा संलग्न अभियुक्तहरु रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्सान तामाङलाई पक्राउ गरेको जनाएको छ ।

२०७४ असोज २३ गते नयाँ बानेश्वर नजिकै खरिबोट चोकमा गौचनको गोली हानी हत्या भएको थियो । प्रहरीले गौचनको हत्यामा संलग्नलाई खोजी गरिरहेको थियो । गएको माघमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या काण्डका मुख्य सुटर श्यामबहादुर गोम्बीलाई पक्राउ गरेको थियो ।

बारा घर भएर चितवन बस्ने ३२ वर्षका बागमारे भनिने श्याम बहादुर गोम्बी गुरुङ्गलाई चितवनबाट पक्राउ गरिएको थियो। गुम्बी नेपाल आर्मीका भगौडा रहेको प्रहरीले जनाएको थियो ।

२०७५ कात्तिक १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्