News Portal

५ घन्टाको अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

मोटिभेटन्यूज संवाददाता
८३ पटक

काठमाडौं– गएराति करिब ५ घन्टाको अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ ।

साँझ भैरहवा मेडिकल कलेज रुपन्देहीको मायादेवी गाउँपालिका ५ की ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

त्यस्तै, नेपालगन्जको भेरी कोरोना विशेष अस्पतालमा साँझ ७ बजे बर्दियाको राजपुर गाउँपालिका–१ का ७३ वर्षीय पुरुष, ७ः ४० बजे बाँके जिल्लाको बैजनाथ गाउँपालिका–८ की ७८ वर्षीया महिला र दैलेखको नारायण गाउँपालिका –१ की ६८ वर्षीया महिलाको ९ बजेको समयमा कोरोना संक्रमणबाट मृत्यु भएको भेरी कोरोना विशेष अस्पतालले जनाएको छ

२०७८ बैशाख ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्