
भदौ ३, काठमाडौं– प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले हडर्सफील्डविरुद्ध गोलको वर्षा गरेको छ । समूह चरणको दोस्रो खेलमा म्याचेस्टर सिटीले हडर्सफील्डलाई ६–१ को सानदार जित दर्ता गरेको हो ।
हडर्सफील्डविरुद्ध गोलको वर्षा गर्ने क्रममा सर्जियो अग्युरोले ह्याट्रिक पूरा गरे । उनले खेलको २५ औं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए । यस्तै ३५ औं र ७५ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
यसअघि गाब्रियलले ३१ औं मिनेटमा गोल गर्दा हडर्सफील्डका लागि ४३ औं मिनेटमा जोनले एक गोल गरे ।
पहिलो हाफमा ३–१ को अग्रता बनाएको म्यानचेस्टरले दोस्रो हाफमा थप ३ गोल गर्यो । डेभिड सिल्भाले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै ४–१ को अवस्थामा सिटीलाई पुर्याँदा हडर्सफील्डका लागि कोङ्गोलोले ८४ औं मिनेटमा आत्मघाती गोल गरे । योसँगै सिटी ६–१ को सानदार जित दर्ता गर्न सफल रह्यो ।
समूह चरणको पहिलो खेलमा सिटीले आर्सनललाई २–०ले पराजित गरेको थियो । सानदार जितपछि सिटी दुई खेलबाट लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
२०७५ भदौ ३ गते प्रकाशित
