News Portal

ओली नेतृत्वको सरकारलाई तह लगाउन अन्तिम प्रयासमा प्रचण्ड

मोटिभेटन्यूज संवाददाता
६१ पटक

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले चितवनको माडीमा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को कार्यक्रममा बोल्दै केही दिनभित्र केन्द्रमा नयाँ कायापलट हुने खुलासा गरे।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई तह लगाउने अन्तिम प्रयासमा आफूहरु रहेको दाहालले बताए।त्यसको तयारीस्वरुप आज काठमाडौंमा राजनीतिक दलहरुसँग बैठक रहेको उनले बताए।

उनले निरंकुश सरकारको पतन गराएर र जनपक्षीय सरकार बनाई अब नयाँ युगको सुरुवात हुने दाबी सेमत गरे।

प्रतिगमनका विरुद्ध सडकमा आएका राजनीतिक दलको सहकार्यमा नयाँ सरकार छिट्टै बन्ने उनको भनाइ छ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथी प्रहार भइरहेको बताउँदै उनले संसद विघटनको प्रयास गरेर संघीय लोकतन्त्रिक गणतन्त्रमाथि हमला गर्ने प्रयास भएको बताए।

‘लोकतान्त्रिक गणतन्त्रमाथि हमलाको प्रयास भयो। संविधानमाथि हमला गर्ने दुस्साहस भएको छ,’ दाहालले भने, ‘७० वर्षको संघर्षपछि प्राप्त उपलव्धिमाथि प्रहार भएको छ।’

 

२०७८ बैशाख ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्