News Portal

एकै दिन १ हजार बढीमा संक्रमण पुष्टि, काठमाडौँमा सबैभन्दा धेरै

मोटिभेटन्यूज संवाददाता
६९ पटक

काठमाडौँ – नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएका थिए । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएका छन्।

२०७८ बैशाख ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्