News Portal

यी हुन् विद्यालय बन्द हुने शहर, वैशाख मसान्तसम्म कुन-कुन क्षेत्र बन्द हुने भए ? (सूचीसहित)

मोटिभेटन्यूज संवाददाता
२२३ पटक

काठमाडौं – सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा उच्च सर्तकता अपनाउने भएको छ । सरकारले विद्यालय, फिल्म हल, पार्टी प्यालेस र रंगाशाला बन्द गर्ने निर्णय गरेको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरजस्ता सहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा संचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

सिनेमा हल, रात्रीकालिन मनोरन्जन क्षेत्र, डान्सबार, क्लब, दोहोरी, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार, दर्शकसहितको रंगशाला  लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषदको सोमबार विहान बसेको बैठकले सीसीएमसीको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरेको जनायो ।

२०७८ बैशाख ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्