News Portal

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

मोटिभेटन्यूज संवाददाता
११२ पटक

काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मुल्य तोलामा ३ सय रुपैँयाले बढेको छ ।

हिजो (आईतबार) छापावाला सुनको मुल्य प्रतितोला रु ९० हजार ७ सय थियो भने आज ३ सयले बढेर प्रतितोला ९१ हजार रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य भने प्रतितोला ९० हजार ५ सय रुपैँया कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य भने प्रतितोला रु १३०० निर्धारण गरिएको छ ।

२०७८ बैशाख ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्