News Portal

सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन नपाउने

मोटिभेटन्यूज संवाददाता
८६ पटक

काठमाडौं – सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।

यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

 

२०७८ बैशाख ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्