News Portal

यी हुन् पक्राउ परेका ७ जना नक्कली डाक्टरहरु

मोटिभेटन्यूज संवाददाता
११८ पटक

काठमाडौं – प्रहरीले रुकुमबाट ७ जना ‘नक्कली डाक्टर’लाई पक्राउ गरेको छ। पश्चिम रुकुम लगायतका ठाउँबाट ७ जना नक्कली डाक्टरलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले बताए।

आफ्नो व्यक्तिगत लाभको लागि एसएलसीको मार्कसिट किर्ते गरेको आरोपमा सात जनालाई प्रहरीले आइतबार विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका(५ बस्ने २८ वर्षीय मोहमद सिद्दिकी, जनकपुर महानगरपालिका ७ जिरोमाईलमा बस्ने २९ वर्षीय सुभाषप्रसाद साह, धनुषा घर भइ ललितपुरको महालक्ष्मीस्थान बस्ने २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङका ३१ वर्षीय दिपेन्द्र गौतम, मोरङ विराटनगर महानगरपालिका(३ बस्ने ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरी घर भइ भक्तपुर मध्यपुर ठिमी २ बस्ने २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका(२ सानेपा बस्ने २९ वर्षीय फराज हुसेन खाँ छन्।

२०७८ बैशाख ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्