News Portal

मलेसियाविरुद्ध नेपालको सानदार जित, मलेसिया ९ विकेटले पराजित

मोटिभेटन्यूज संवाददाता
६८ पटक

काठमाडौं – राजधानीमा जारी त्रिकोणात्मक टी(२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि शानदार जित निकालेको छ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखको लगातार उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले सिरिजको दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित हात पारेको हो।

मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई आक्रामक सुरुवात दिलाए ।

१२ औं ओभरको पहिलो बलमा अन्वर रहमनबाट क्याच हुनु अघि भुर्तेल र आसिफले १०२ रनको ओपनिङ साझेदारी गरे । आसिफ शेखले २९ बल सामना गर्दै एक छक्का र ४ चौकाको मद्दतले ४२ रन बनाए भने भुर्तेलले ६१ रन बनाए । उनको यो ‘ब्याक टु ब्याक’ टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हो । दीपेन्द्र सिंह ऐरीले अविजित ६ रन बनाए ।

 

२०७८ बैशाख ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्