News Portal

कलाकार मदनकृष्ण श्रेष्ठ सहित परिवारका पाँच जनामा कोरोना पुष्टि

मोटिभेटन्यूज संवाददाता
६५ पटक

काठमाडौं – कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उनी सँगै उनको परिवारका पाँच जनामा पनि कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

कलाकार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसहित परिवारका ५ जनामा कोरोना पुष्टि भएको सोमबार जानकारी गराएका छन् ।

‘म लगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले फेसबुकमा लेखेका छन् ।

साथै सोमबार आफ्नो परेको जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद पनि दिएका छन् ।

२०७८ बैशाख ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्