फेरी घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, बैशाख ७ २०७८
13.3K
SHARES

काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसाय महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

आज छपावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार २०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।