News Portal

१६ देशका ४४ प्रहरी अधिकृत सहभागि आतंकवाद नियन्त्रणसम्बन्धी प्रशिक्षण काठमाडाैंमा सुरु, एआइजी धिरुले गरे उद्घाटन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७३८ पटक
काठमाडौं

कात्तिक १२, काठमाडौं – INTERPOL अन्तर्गतको परियोजना Project SCORPIUS द्वारा दक्षिण तथा दक्षिणपूर्व एशियामा कानुनी प्रवर्तन क्षमता बढाउनका लागि आतंकवाद र सम्बन्धित अन्तर्राष्ट्रिय अपराधलाई अन्तर्राष्ट्रिय क्षेत्रीय दृष्टिकोण र “बहुसंख्यक क्षमता निर्माण” को आधारमा अनुसन्धान तथा नियन्त्रण गर्न उदेश्य अन्तर्गत INTERPOL को आयोजना तथा नेपाल प्रहरीको सह-आयोजनामा संचालित Post Blast Training Scenario को मिति १२ कार्तिक २०७५ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा यसै प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक  धिरु बस्न्यात ज्यूको प्रमुख आतिथ्यमा बिधिवत रुपमा समुद्घाटन गरिएको छ ।

१२ कार्तिक आजदेखि १७ कार्तिक २०७५ सम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा केन्द्रिय प्रहरी बिशेष कार्यदल, कपनमा चरणवद्द हुने कुल ६ दिन अवधि रहेको यस प्रशिक्षण कार्यक्रममा USA, Australia, Mexico, Philippines, Indonesia, Canada, Maldives, UK, Bangladesh, Malaysia, Pakistan, Sri Lanka, Netherlands, Timor Leste, Egypt तथा Nepal गरि कुल १६ देशका ४४ प्रहरी अधिकृतहरु, अन्य व्यक्तित्व तथा प्रशिक्षक वर्गहरु सहभागि रहेका छन्।

समुद्घाटनको क्रमको प्रमुख अतिथि ज्युद्वारा INTERPOL तथा नेपाल प्रहरी बीच रहेका सहकार्य, साझेदारी, समन्वय तथा सहयोगको निरन्तरता तथा प्रगाढताको लागि सो संस्थालाई धन्यवाद ज्ञापन गर्दै सहभागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रहरी अधिकृतहरुलाई प्रशिक्षण पश्चात प्राप्त हुने ज्ञान तथा सीपको समयानुकुल प्रयोगको लागि शुभकामना समेत व्यक्त गरेका छन्।

२०७५ कात्तिक १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्