News Portal

एकै दिन थपिए भारतमा करिब तीन लाख संक्रमित

मोटिभेटन्यूज संवाददाता
६८ पटक

काठमाडौँ – भारतमा कोरोना संक्रमण दरमा दिनहुँ नयाँ रेकर्ड कायम भइरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २९० जना संक्रमित थपिएका छन्। यो संख्या विश्वकै सबैभन्दा बढी हो। सोही अवधिमा २ हजार २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

भारतमा हालसम्म संक्रमणकै कारण मृत्यु हुनेको संख्या १ करोड ८२ हजार नाघेको छ । विश्वमै अमेरिकापछि दोस्रो बढी प्रभावित मुलुक भारतमा हालसम्म १ करोड ५६ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । दैनिक संक्रमितको संख्याका आधारमा भारत विश्वमै सबैभन्दा प्रभावित छ ।

संक्रमितको संख्या बढेसँगै कोरोनाका कारण गम्भीर विरामी हुनेको संख्या पनि बढेको छ । कोरोना संक्रमणपछि गम्भीर प्रकृतिको न्युमोनिया भएका विरामीहरु का लागिअक्सिजन समेत अभाव हुन थालेको छ । अस्पताल पुर्‍याउन एम्बुलेन्स नपाउने, अस्पतालमा शैया र औषधि नपाएर मृत्यु हुनेको संख्या दिनप्रति दिन बढिरहेको  छ ।

 

२०७८ बैशाख ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्