News Portal

विदेश जान लागेका १२२ जनालाई विमानस्थलबाटै फर्काइयो

मोटिभेटन्यूज संवाददाता
७८ पटक

काठमाडौं – वैदेशिक रोजगारका लागि विभिन्न देश जान लागेका १२२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। उनीहरुले नक्कली पीसीआर रिपोर्ट लिएको पाइएपछि विमानस्थलबाटै फर्काइएको हो।

फर्काइएको यात्रु नेपाली र भारतीय नागरिक हुन्। उनीहरु एयर अरेबिया, सलाम एयर र जजिरा एयरबाट बुधबार बिहान उड्न लागेका थिए। तर विमानस्थल हेल्थ डेस्कमा चेकजाँचका क्रममा मंगलबार मात्रै सिल गरिएको सुरिया ल्याबबाट पीसीआर रिपोर्ट लिएको पाइएपछि फर्काइएको हो। यो ल्याबले स्वाब नै नलिई ९ हजार रुपैयाँमा नक्कली पीसीआर रिपोर्ट तयार गर्ने गरेको पाइएको छ। ल्याबका सञ्चालकसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बास्तोलाका अनुसार एयर अरेबियाका ५४ जना, जजिरा एयरका ३६ जना र सलाम एयरका ३२ जना गरी १२२ जनालाई फर्काइएको हो। यीमध्ये ७२ जना नेपाली, ४९जना भारतीय र १ जना पाकिस्तानी नागरिक हुन्।

२०७८ बैशाख ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्