News Portal

गर्मीमा यी कुराहरू खानूस्, शितल प्रदान गर्छ

मोटिभेटन्यूज संवाददाता
४९ पटक

काठमाडौं –  गर्मीमा आफ्नो स्वास्थ्यका साथै खानपानमा ध्यान दिन सकिएन भने विभिन्न रोगहरुले सताउन सक्छ । विशेष गरि शरीरमा पानीको मात्र कमी भएमा विभिन्न प्रकारका रोगले संक्रमण गर्दछ । तसर्थ प्रशस्त रुपमा पानी पिउन मात्र नभई अन्य खानेकुरा पनि खानु आवश्यक हुन्छ ।

जाडो मौसमको तुलनामा गर्मी मौसममा पाचन शक्ति कम हुने हुँदा गर्मी मौसममा बढि बिरामी हुने हुनाले जाडो मौसममा भन्दा गर्मी मौसममा खानपानमा बढि ध्यान दिनुपर्छ ।

दही : दहीलाई गर्मी मौसममा खाने सबैभन्दा स्वस्थ खाना मानिन्छ । दहीका विभिन्न परिकार बनाएर वा सिधै सेवन गर्न पनि सकिन्छ ।

काक्रोः गर्मीमा फल्ने र शीतल बनाउने फल हो काक्रा । काक्रा पानी र विभिन्न पोषणयुक्त फल पनि हो । यसले गर्मीमा शरीरलाई चाहिने पानीको पूर्ति गरी शरीरलाई शीतलता प्रदान गर्छ । दैनिक काँक्रो खानाले शरीरको तापक्रम प्राकृतिक रुपमा घटाउन मद्दत गर्छ ।

कागतीः पानीमा कागतीको रस मिसाएर, सोडा तथा सर्वत बनाएर पनि पिउन सकिन्छ । कागतीले ताजापनसँगै डिहाइसनबाट समेत बचाउँछ । कागतीलाई शरीरको प्रतिरोध क्षमता बढाउने, घाँटीको संक्रमण रोक्ने, अपच र कब्जियत समेत हुन दिँदैन । कागतीले रगतको विकार पनि सफा गर्छ

खर्बुजा : गर्मीमा खर्बुजा खानाले शरीरलाई शीतलता दिन्छ । खर्बुजाको अधिकांश भाग पानीयुक्त हुने भएकाले प्रशस्त खर्बुजा खाँदा शरीरलाई हाइड्रेटेड राख्छ ।

पानीः शरीरको तापक्रम नियन्त्रण गरी गर्मी भगाउने सर्वमान्य उपाय पानी पिउनु हो । गर्मीको दिनमा प्रशस्त पानी खाइरहनाले शरीरभित्र उत्पन्न हुने तापक्रम नियन्त्रण हुन्छ । पानी पिउनाले गर्मी हट्ने मात्र नभई डिहाइड्रेसनका कारण हुने विभिन्न स्वास्थ्य समस्या समेत निको हुन्छ ।

नरिवल पानीः गर्मीमा एक गिलास नरिवल पानीले पनि निकै फाइदा पु¥याउँछ । शरीरमा पानीको आपूर्ति गरी शरीरको तापक्रम नियन्त्रण गर्न नरिवल पानीले सहयोग गर्छ ।

पुदिना : शरीरको गर्मी हटाउने घरेलु उपायको रूपमा पुदिनाको सेवन राम्रो मानिन्छ । यसको जुस बनाएर पिएमा गर्मीमा शरीरलाई शीतलता दिन्छ ।

२०७८ बैशाख ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्