News Portal

एकैदिन थपिए २३५१ कोरोना संक्रमित, काठमाडौंमा कति ?

मोटिभेटन्यूज संवाददाता
१०४ पटक

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८९ हजार ९१८ पुगेको छ।

गत २४ घण्टामा २८७ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ।

२०७८ बैशाख ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्