News Portal

ओली–नेपालबीच मेरियट होटलमा वार्ता

मोटिभेटन्यूज संवाददाता
४७ पटक

काठमाडौं– फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

स्रोतका अनुसार ओली र नेपालबीच बुधबार साँझ राजधानीको मेरियट होटलमा कुराकानी भएको हो। भेटवार्तामा एमाले उपमहासचिव बिष्णु पौडेल पनि सहभागी रहेको बताइएको छ।

यो बीचमा ओलीले माधव नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरिसकेका छन् । यता नेपाल पक्षले पनि केन्द्रीय नेतृत्व बाहेक सबै तहमा समानान्तर कमिटी गठन गरेको छ ।

मंगलबार मात्र ओलीले नेपालसहित ३२ जना सांसदलाई प्रष्टीकरण सोधेका थिए । पार्टीभित्र देखिएको बढ्दो विवादलाई आइसब्रेक गर्दै ओली र नेपाल छलफलमा जुटेको देखिन्छ ।

२०७८ बैशाख ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्