News Portal

पर्सामा न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण

मोटिभेटन्यूज संवाददाता
५४ पटक

पर्सा – पर्साको वीरगञ्जमा दुुई न्यायाधीशसहित ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ ।

एक सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । जसमध्ये अदालतका १२ जना कर्मचारीलाई समेत संक्रमण देखिएको छ ।

२०७८ बैशाख ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्