News Portal

मुख्यमन्त्री राईलाई अपशब्द बोलेकोले आरोपमा बालिका खड्का पक्राउ

मोटिभेटन्यूज संवाददाता
१०३ पटक

काठमाडौं – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि विभिन्न आरोप लगाउँदै आएकी बालिका खड्का फेरि पक्राउ परेकी छिन् ।एमाले पार्टी कार्यालय थापाथलीबाट उनलाई पक्राउ गरिएको हो ।

उनले मुख्यमन्त्री राईलाई अपशब्द बोलेकोले उनलाई पक्राउ गरिएको प्रहरी वृत्त सिंहदरवारका प्रमुख डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । ‘उहाँले पार्टी कार्यालय उद्घाटन कार्यक्रममा अपशब्द बोलेपछि उहाँलाई पक्राउ गरेका हौँ ।’ उनले भने ।

उनलाई बिहीवार १२ बजेको समयमा पक्राउ गरेको उनले बताए । साथै त्यस विषयमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।

आज एमालेको मुख्यालय औपचारिक रुपमा धुम्बाराहीबाट थापाथली सारिएको छ । सो कार्यक्रममा उपस्थित हुन आएका मुख्यमन्त्री राईमाथि बालिकाले अपशब्द बोलेकी थिइन् ।

यसअघि पनि मुख्यमन्त्री राईलाई आफ्नो पति भएको दाबी गर्दै विभिन्न आरोपहरु लगाएपछि प्रहरीले बालिकालाई पक्राउ गरिसकेको छ ।

 

२०७८ बैशाख ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्