माधव नेपालसहित एमालेका २७ जना सांसदले बुझाए स्पष्टिकरण


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, बैशाख ९ २०७८
7.5K
SHARES

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ माधवकुमार नेपाल पक्षीय २७ जना सांसदले बुझाएका छन्।

नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरवार पुगेर उनीहरुले स्पष्टीकरणको बुझाएको एमाले सांसद जीवनराम श्रेष्ठले जानकारी दिए।

नेपाल पक्षका संघका २७ र कर्णाली प्रदेशका ५ सांसदलाई ६ वैशाखमा एमालेले स्पष्टीकरण सोधेको थियो ।

६ गतेको केन्द्रीय कमिटी बैठकले यसअघि निलम्बन गरिएका चार नेतासहित कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएका सांसदलाई दुई दिनको समय दिएर स्पष्टीकरण मागेको थियो ।