News Portal

डिआइजी भण्डारीको पशुपति आर्यघाटमा आज दाहसंस्कार

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३४२ पटक
काठमाडौं

कात्तिक १२, काठमाडौं – सवारी दुर्घटनामा परी निधन भएका प्रहरी नायव महानिरीक्षक सुशिलकुमार भण्डारीको पशुपति आर्यघाटमा सोमबार स-सम्मान दाहसंस्कार गरिएको छ ।

गृह सचिव प्रेमकुमार राईले स्व.भण्डारीको पार्थिव शरिरमा फूलमाला चढाई हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका थिए  । निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की लगायत प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत एवं स्व. भण्डारीका परिवार एवं आफन्तजनहरुले समेत स्व. भण्डारीको पार्थिव शरिरमा फूलमाला चढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

स्व. भण्डारीको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालयको टुकडीले शोक सलामी, सम्मान सलामी र अन्तिम सलामी अर्पण गरेको थियो ।

स्व. भण्डारीको पार्थीव शरिरमा उनका दाई सुरेश भण्डारीले दागबत्ती दिए । उनका श्रीमती, छोरा १ र छोरी २ छन् ।

काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ गैह्रीबिसौनी भागेटारमा बा.३ च २८७ को नम्बरको जीप कात्तिक १० गते दुर्घटना हुँदा काठमाडौं बानेश्वर निवासी प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना निर्देशनालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक भण्डारीको दुखद निधन भएको थियो ।

२०७५ कात्तिक १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्