News Portal

अब डिस होम फ्रिमा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५८७ पटक
काठमाडौं

भदौ ३, काठमाडौं – एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक, डिसहोमले उपभोक्ताहरु माझ “डिस होम फ्रि अफर” नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना २०७५ भाद्र १ गते सुरु भई सीमित अवधिको लागी लागु हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा सरकारले लागु गरेको अनिवार्य डिजिटलाइजेसनको नीति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरिय डिसहोमको सेवा प्रदान गर्नका लागी र आम सर्वसाधारणलाई समेत यो सेवामा आकर्षित गर्न यो योजना लागु गरिएको पे्रस विज्ञप्तिमा उल्लेख छ ।

डिसहोमको जडान उपकरणहरु फ्रि मा पाउने भएपछि यो डिजिटल सेवा लिने ग्राहकहरु गुणात्मक रुपमा वृद्धि हुने देखिएको कम्पनीले दाबी गरेको छ । सेट अप बक्स बिनाको एनालग सेवा हेरिरहेका ग्राहकहरुलाई यो योजना निकै आकर्षक हुने देखिएको विज्ञप्तिमा उल्लेख छ ।

२०७५ भदौ ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्