मोटिभेटन्यूज संवाददाताकाठमाडौं

कार्तिक १३, काठमाडौं – नेपाली कांग्रेसले आन्तरिक कलहको जड देखिँदै आएको क्रियाशील सदस्य खारेज गर्ने भएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।
समितिका प्रवक्ता समेत रहेका नेता रमेश लेखकले विधान संशोधन समितिले क्रियाशील सदस्यता हटाई खुला सदस्यता अपनाउने सहमति जुतेकाले अब कांग्रेस पूर्ण रुपमा ‘मासबेस्ड’ हुने बताए ।
पार्टीमा अहिले ४ लाख ७० हजार क्रियाशील सदस्य छन् ।
१३ औं महाधिवेशनमा १५ जिल्लाबाहेक सबैमा क्रियाशील सदस्यता विवाद थियो ।
विवादमा तानिएका करिब २ लाख क्रियाशील सदस्यता पेन्डिङमा छन् ।
यही विवादले कतिपय जिल्लामा अधिवेशन हुन सकेन ।
२०७५ कात्तिक १३ गते प्रकाशित
