News Portal

श्रीमानले आफ्नो इच्छाविपरीत यौनसम्पर्क राखेको आरोप लगाउँदै प्रहरीमा बलात्कारको उजुरी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४६ पटक
काठमाडौं

कार्तिक १३, काठमाडौँ – बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमान  विरुद्द जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।

श्रीमतीको उजुरीपछि प्रहरीले आरोपित श्रीमान्लाई पक्राउ गरेको छ ।

सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले आफ्ना पति डम्बर जोशीविरुद्ध उजुरी दिएकी हुन् ।

डम्बरले आफ्नो इच्छाविपरीत यौनसम्पर्क राखेको आरोप लगाउँदै मञ्जुले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णराज ओझाले बताए ।

उजुरी दर्ता गरेर जबर्जस्ती करणीअन्तरगत मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको छ ।

डम्बरलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको छ ।

मञ्जु र डम्बरले डेढ वर्षअघि प्रेमविवाह गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

२०७५ कात्तिक १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्