आजको मौसम पूर्वानुमान: चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, बैशाख १९ २०७८
11.3K
SHARES

मौसम पूर्वानुमान महाशाखा अनुसार आजको मौसम देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

महाशाखाले हाल देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली भइरहेको छ । वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा भइरहेको जानकारी दिएको छ ।

यसैगरी, आज दिउँसो देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ।

भने, वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना छ।

यस्तै, आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।