News Portal

बीपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा. श्रेष्ठ भ्रष्टाचार ठहर

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२२ पटक
काठमाडौं

कार्तिक १४, काठमाडाैं – बिशेष अदालतले चितवनको भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालका पुर्व अध्यक्ष डा. भक्तमान श्रेष्ठलाइ भ्रष्टाचार ठहर गरेको छ।  विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले मंगलबार श्रेष्ठ अस्पतालमा बहाल रहदा अनिमियता गरेको ठहर गरेको हो।

अदालतले श्रेष्ठलाई १ बर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७ सय ७६ रुपैयाँ जरिवाना र सो बराबरको सम्पति जफत गर्ने फैसला गरेको छ।  उनकी श्रीमती शिलु श्रेष्ठलाई यथेस्ट प्रमाण नपुगेको भन्दै सफाई दिएको अदालतका रजिस्टार भीमकुमार श्रेष्ठले जानकारी दिए।

२०७५ कात्तिक १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्