News Portal

नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक आजदेखि राजधानीमा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२७३ पटक
काठमाडौं

कार्तिक १४, काठमाडौँ – नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक आजदेखि राजधानीमा बस्ने भएको छ।

यही कात्तिक १४ र १५ गते बस्ने दुईदिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने तय भएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ।

बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा ठोस निर्णय हुने उनले जानकारी दिए।

२०७५ कात्तिक १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्