News Portal

उपत्यकामा अब दिउँसो पनि टिप्पर चल्न पाउने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४४ पटक
काठमाडौं

कार्तिक १४, काठमाडौं – उपत्यकामा अब दिउँसो पनि टिप्पर चल्न पाउने भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख र पदाधिकारीको संयुक्त बैठकले बिहान ११ बजेदेखि दिउँसो ३ बजेम्म टिप्पर चलाउन पाइने निर्णय गरेको हो ।

प्रतिघण्टा ३५ किलोमिटरको दरले टिप्पर चलाउन दिने निर्णय भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तर टिप्पर  चलाउँदा सम्बन्धित निकायको अनुमति भने लिनुपर्ने महाशाखाले जनाएको छ ।

पुननिर्माण र भौतिक पूर्वाधार निर्माणमा अफ्ठयारो परेको भन्दै टिप्परलाई दिउँसोको समयमा पनि चलाउन अनुमति दिइएको छ । यसअघि टिप्परका कारण दुर्घटना बढेपछि बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म मात्रै चलाउन अनुमति दिइएको थियो ।

२०७५ कात्तिक १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्