News Portal

‘समुदाय-प्रहरी साझेदारी’ शान्ति सुरक्षाको लागि मात्र नभई प्रहरीको क्षमता अभिवृद्धिको लागि समेत महत्वपूर्ण : प्रवक्ता सुवेदी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३३ पटक
काठमाडौं

कार्तिक १४ काठमाडौं – नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बुधबार प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रमको आयोजना गरिएको थियो  ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले नेपाल प्रहरीले हालै सार्वजनिक गरेको ‘समुदाय-प्रहरी साझेदारी’ अवधारणाको परिचय, साझेदारीको औचित्य, सुरक्षा र विकासको अन्तरसम्बन्ध, सामुदायिक प्रहरी र स्थानीय सरकार प्रणालीको सामञ्जस्यता, स्थानीय तह तथा नेपाल प्रहरीको साझेदारीका आधारहरु र विद्यालय सम्पर्क कार्यक्रमको औचित्यबारे जानकारी गराए  ।

विगतका सामुदायिक प्रहरी लगायतका कार्यक्रमको राम्रा अभ्यासका साथै अझै बृहत क्षेत्रलाई समेटेर एकिकृत रुपमा थप प्रभावकारी संचालन गर्ने लक्ष्य अनुरुप उक्त अवधारणा ल्याइएको प्रष्ट पार्दै उहाँले अवधारणा शान्ति सुरक्षाको लागि मात्र नभई नेपाल प्रहरीको क्षमता अभिवृद्धिको लागि समेत महत्वपूर्ण रहेको चर्चा गरे ।

कार्यक्रममा कूल अपराधमा अभियुक्त तथा पीडितको उमेर समूहबारे आर्थिक वर्ष २०७३/०७४ को तथ्याङ्क विश्लेषण, जबरजस्ती करणी पीडितको आर्थिक वर्ष २०७४/०७५ तथा लागूऔषध अपराधमा उमेरगत संलग्नताको अर्धवार्षिक तथ्याङ्गत विश्लेषण गर्दै प्रहरी वरिष्ठ उपरिक्षक सुबेदीले समस्या समाधान, अपराध नियन्त्रण र अनुसन्धानमा सफलताका लागि उपलब्ध साधन स्रोतलाई समुचित प्रयोग गरी नेपाल प्रहरी अगाडि बढ्ने बताउनुभयो । नेपाल प्रहरीका काम कारवाहीलाई थप प्रभावकारी बनाउन साझेदारी अवधारणा ल्याइएको उल्लेख गर्दै उहाँले यसको सफलताको लागि संचारकर्मी लगायत सबै पक्षबाट निरन्तर सहयोग, सहकार्य र सार्थक साझेदारीको अपेक्षा गरिएको बताए  ।

उक्त अवसरमा संचारकर्मीहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले संगठनलाई चुस्त र गतिशील बनाउन रचनात्मक सुझावहरूको सदैव स्वागत गरिने बताउनुभयो । नेपाल प्रहरी अझै उत्तम कार्यका लागि केही न केही नयाँ प्रयास गरिरहेको उहाँले चर्चा गरे  ।
विभिन्न समसामयिक विषयमा छलफल गरिएको उक्त कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, संचारकर्मीहरु, प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

२०७५ कात्तिक १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्