News Portal

सरकारले आजदेखि राष्ट्रिय परिचय पत्र छपाई गर्दै, पहिलो चरणमा झण्डै ५० हजार परिचय पत्र छापिने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
८२० पटक
काठमाडौं

कार्तिक १५, काठमाडौं –  – सरकारले बिहीबारदेखि राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु गर्दैछ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका निर्देशक एवं सूचना अधिकारी शिवराज जोशीका अनुसार पहिलो चरणमा झण्डै ५० हजार परिचय पत्र छापिनेछ ।

केन्द्रले पहिलो चरणमा परिचयपत्र छाप्न सिंहदरबारका ७ हजार कर्मचारी र पाँचथरका १ लाख १० हजार नागरिकको व्यक्तिगत विवरण संकलन गरेको छ । व्यक्तिगत र वायोमेट्रिक विवरण संकलन भएका व्यक्तिको परिचयपत्र छाप्ने केन्द्रको तयारी छ ।

राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका निर्देशक एवं सूचना अधिकारी जोशीका अनुसार परिचयपत्रमा आमाबुबाको नामसहित व्यक्तिको व्यक्तिगत विवरण हुनेछ ।
यस्तै एउटा अर्को चिप्समा उसको फोटो र हातका १० औलाको छाप हुने भएकाले कसैले पनि परिचय पत्र नक्कली बनाउन नसक्ने उहाँको दाबी छ । परिचयपत्र देशभरी नै विस्तार गरेपछि अरु सेवामा पनि आवद्ध गर्न सकिने जोशीले बताउनुभयो ।

२०७५ कात्तिक १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्