News Portal

श्रममन्त्री गोकर्ण विष्टले किन बोलाए १२ देशका श्रममन्त्री ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०२ पटक
काठमाडौं

कार्तिक १५, काठमाडौं – १२ देशका श्रममन्त्री नेपाल आउने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  गर्ने  लागेको संयुक्त बैठक (कोलम्बो प्रोसेस) मा सहभागी हुन उनीहरू आउन लागेका हुन्।

कात्तिक २९ र ३० गते हुने बैठकमा नेपाल, इन्डोनेसिया, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, भियतनाम, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्यान्ड र चीनका श्रममन्त्री र उच्च सरकारी अधिकृत सहभागी हुनेछन्।

मन्त्रालयका अनुसार कात्तिक २९ गते उच्च सरकारी अधिकृत र ३० गते मन्त्रीस्तरको बैठक हुनेछ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालका अनुसार बैठकमा कामदारको करारपत्र एउटै ढाँचाको बनाउन प्रस्ताव गर्ने तयारी भएको छ ।

एउटै खालको करारपत्र बनाउनसके सबै देशका कामदारले समान तलब, सेवासुविधा पाउनेछन्।

२०७५ कात्तिक १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्