News Portal

पत्रकार खासोग्गी प्रकरण : साउदी दूताबास छिर्नेबित्तिकै घाँटी थिचेर हत्या गरिएकाे टर्कीकाे बयान

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२९१ पटक
काठमाडौं

एजेन्सी – साउदी अरबका पत्रकार जमाल खाशोग्गीको घाँटी थिचेर हत्या गरिएको टर्कीले दाबी गरेको छ ।

खाशोग्गी हत्याबारे पहिलोपटक सार्वजनिक वक्तव्य दिएको टर्कीले दूताबास छिर्नेबित्तिकै उनको घाँटी थिचेर हत्या गरिएको दावी गरेको छ । गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा खाशोग्गीको हत्या भएको थियो ।

पहिले नै बनाइएको योजनाअनुसार साउदी दूताबास छिर्नेबित्तिकै खाशोग्गीको हत्या भएको र शव टुक्रा टुक्रा पारेर नष्ट गरिएको टर्कीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

टर्कीका अधिकारीहरुले यसबारेको अडियो भिडियो प्रमाण आफूहरुसँग सुरक्षित रहेको दावी गरे पनि सार्वजनिक गरेका छैनन् । टर्कीका मिडियाले उनलाई यातनासमेत दिइएको उल्लेख छ ।

खशोग्जी साउदी नागरिक थिए र अमेरिकी मिडियामा काम गर्थे । उनी आफ्नो देशका शासकको कडा आलोचक मानिन्थे । खशोग्जीको शव अझै फेला परेको छैन । टर्कीले खशोग्जीको हत्यामा साउदी अरबलाई नै जिम्मेदार ठहराएको छ । (एजेन्सीकाे सहयाेगमा)

२०७५ कात्तिक १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्