मोटिभेटन्यूज संवाददाताकाठमाडौं

कार्तिक १८, काठमाडौँ- मानव अधिकारकर्मी तथा नागरिक अगुवा पद्मरत्न तुलाधरको आज आइतबार दिउँसो निधन भएको छ।
नर्भिक अस्पतालमा उपचार गराइरहेका मानवअधिकारवादी तथा पुराना नेता तुलाधरको आइतबार दिउँसो एक बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
मस्तिष्काघात भएपछि उनलाई अन्नपूर्ण न्यूरो अस्पतालबाट रिफर गरेर नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। उनलाई नर्भिक अस्पतालका डाक्टरहरु आर.के. अग्रवाल र राजीव झालगायतको टिमले उपचार गरिरहेको थियो।
उनी ७७ वर्षका थिए।
२०७५ कात्तिक १८ गते प्रकाशित
