News Portal

हिन्दुहरुको दोस्रो महान पर्व तिहार आजदेखि सुरु, कागको पूजा गरि मनाइँदै 

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३५१ पटक
काठमाडौं

 

कार्तिक १९, काठमाडाैं – हिन्दुहरुको दोस्रो महान पर्व तिहार आजबाट सुरु भएको छ । तिहारलाई उज्यालोको पर्व पनि भन्ने गरिन्छ । तिहारको पहिलो दिन आज यमराजको सन्देश वाहक कागको पूजाआजा गरि मनाइँदै छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ ।

कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरु अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ ।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको विश्वास गरिन्छ । तर काग तिहारमा भने यी सवै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गर्ने गरिन्छ । आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापकोभागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ ।

आज कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

यमपञ्चकका पाँच दिनमा काग कुकुर, गाई, गोरु र दाजुभाईको पूजा क्रमैसँग गरिन्छ । तिहारपर्वका बारेमा धेरै किबंदन्तीहरु रहेका छन । यसबर्ष भाइटिकाको शुभ साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

२०७५ कात्तिक १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्