News Portal

विवाहपञ्चमीमा भारतको अयोध्याबाट आउने जन्तीलाई ‘धोती गम्छा’ उपहार

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१५५ पटक
काठमाडौं

कार्तिक १९, जनकपुर –  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आउने जन्तीलाई मधेशको पोशाकमा बिदाई गर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा दीपावली तथा छठपर्वको अवसरमा आइतबार आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले भारतबाट आउने जन्तीलाई मधेशीको पहिचान धोती, कुर्ता र गम्छा लगाएर बिदाइ गर्ने बताएका हुन् ।

उनले माता सीताको जन्मभूमि जनकपुरधाममा पौराणिक कालदेखि चलिआएको विवाहपञ्चमी महोत्सवमा मधेशको संस्कृति झल्कने गरी जन्तीलाई बिदाइ गर्ने बताए ।

कार्यक्रममा प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश नं २ का मन्त्रीहरु, प्रदेशसभा सांसद, प्रदेशका संघीय सांसद, राष्ट्रियसभा सदस्यहरु लगायतको सहभागिता थियो ।

२०७५ कात्तिक १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्