News Portal

यस्तो छ आजको राशिफल र पञ्चाङ्ग

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४१४ पटक
काठमाडौं

 

 

कार्तिक २१, काठमाडौं- पञ्चाङ्ग, वि.सं. २०७५ साल कात्तिक २१ गते। बुधबार। इश्वी सन् २०१८ नोभेम्बर ७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– औंसी, २१:२२ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– स्वाती, २०:२३ बजेउप्रान्त विशाखा। योग– आयुष्मान्, १९:३३ बजेउप्रान्त सौभाग्य। करण– चतुष्पद, ९:४१ बजेदेखि नाग, २१:२२ बजेउप्रान्त किंस्तुघ्न। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ६:१९ बजे, सूर्यास्त– १७:१४ बजे र दिनमान २७ घडी १७ पला। यम-पञ्चक (तिहार), दीपमालिका, लक्ष्मी-पूजा, दीपावली, सुखरात्रि। दर्शश्राद्ध। निशि तथा हलो बार्ने औंसी।

मेष– पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, कृषि तथा पशुपालनमा खर्च बढ्नेछ, तर भूमि तथा मातृधनबाट लाभ लिने समय छ।

वृष– काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ ।

मिथुन– आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। तर, धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला। मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला ।

कर्कट– सामाजिक कामको दायित्व बढ्नेछ । परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् ।

सिंह– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ।

कन्या– प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । ब्यपारमा राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

तुला– काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृश्चिक– विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। मिथ्या भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ।

धनु– विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ ।

मकर– रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।आर्थिक अभावले भने अलि सताउनेछ ।

कुम्भ– आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ। तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने बेला छ। भाग्योन्नतिको समय छ ।

मीन– दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। अलि बाध्यताका काममा जुट्नुपर्ला।

21 गतेको बिशेष काम गर्ने राम्रो समय दिउसो 02:21 देखि 03:21 सम्म छ यो समय चन्द्र होराको हो ।

21 गते राहु काल मध्यान्न 11:46 देखि दिउँसो 1:07 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।

21 गते यात्रामा निस्कदा केहि दक्षिण वा पूर्व दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ ।घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

21 गते रसीलो बस्तु बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

21 गतेका लागि सहित जुरेका कामहरु चातुर्य, दक्षता, कला, पुण्य कर्म, ब्यापार गृह आरम्भ, अध्ययन, धातु क्रिया, जागिर प्ररम्भ, बादबिवाद, पन्ना हरीयो बस्तुको काम

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

२०७५ कात्तिक २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्