मोटिभेटन्यूज संवाददाताकाठमाडौं

कार्तिक २५, धनुषा – धनुषामा एक मनिट्रान्सफरका सञ्चालकसँग अज्ञात समूहले ८ लाख रुपैयाँ नगद लुटेका छन् ।
महोत्तरीको भंगहा नगरपालिकामा मनिट्रान्सफर सञ्चालन गर्दै आएका रामकुमार साहको साथबाट धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरस्थित चौरमा आइतबार दिउँसो ३ बजे ८ लाख रुपैयाँ लुटिएको हो ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट ८ लाख रुपैयाँ झिकेर भंगहातर्फ जाँदै गरेका साहसँग शान्तिपुर–चन्द्रपुर नजिक लुटपाट गरेर अज्ञात समूह फरार भएको र उनीहरुको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिए ।
२०७५ कात्तिक २५ गते प्रकाशित
