News Portal

सरकारद्वारा तीन देशका लागि राजदूतको नाम सिफारिस, भारतका लागि आचार्य

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३२४ पटक
काठमाडौं

कार्तिक २६, काठमाडौं– सरकारले लामो समयदेखि रिक्त रहेका तीन देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले भारत, मलेसिया र संयुक्र अरब इमिरेट्स (युएई) का लागि राजदूतको नाम सिफारिस गरेको हो ।
सरकारले भारतका लागि निलाम्बर आचार्यको नाम सिफारिस गरेको छ भने युएईका लागि कृष्ण प्रसाद ढकाल र मलेसियाका लागि उदयराज पाण्डेको नाम सिफारिस गरेको छ ।

राजदूतमा सिफारिस भएका ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव र आचार्य संविधानविद् हुन् । यस्तै पाण्डे यसअघि साउदी अरबको पूर्व राजदूत भइसकेका व्यक्ति हुन् ।

यसैबीच सरकारले मन्त्रीपरिषद्को निर्णयहरु तत्काल जानकारी नगराउने निर्णय गरेको छ ।

अबदेखि मन्त्रीपरिषद्को निर्णयहरु समय क्रमसँगै थाहा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यसअघि विशेष अवस्था बाहेक महत्वपुर्ण निर्णयहरु मन्त्रीपरिषद् बैठक लगत्तै प्रवक्ताबाट जानकारी गराइन्थ्यो ।

२०७५ कात्तिक २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्