News Portal

नसालु पदार्थ खुवाएर बेहोस बनाएर जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३७२ पटक
काठमाडौं

भदौ ४, रुपन्देही – जबर्जस्ती करणी गरेको आरोपमा बुटवलमा एकजना पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल २ पाखापानीमा रहेको जंगलमा लगेर प्युठानकी २४ वर्षीय एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही देवदह–३ बसन्तपुरका देविलाल खनाल पक्राउ परेका हुन् ।

उनले ती महिलालाई नसालु पदार्थ खुवाएर बेहोस बनाएर जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ । महिलाको उद्धार गरी उपचार गरिएको प्रहरीले बताएको छ ।

२०७५ भदौ ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्