
कार्तिक २६, काठमाडौं — पेट्रोल पम्पहरुले आधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ।
डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गर्दै आएको छ।
आँखाले देख्न नसकिने र सामान्य सिस्टमले समेत हत्तपत्त पत्ता लगाउन नसक्ने सफ्टवेयर जडान गरेर पम्पले तेलमा ठगी गर्दै आएको तथ्य फेला परेको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।
‘डिस्पन्सिङ पम्पको डिस्प्लेमा बढी परिणाम र मूल्य देखाउने, तर इन्धन चाहिँ कम झर्ने सफ्टवेयर जठान गरेको भेटियो,’ उनले भने, ‘हामले दसैंअघिबाट गरेको अनुगमनले करिब आधा दर्जन पम्पमा सफ्टवेयर राखेर तेल ठगी गरेको भेटिएको छ।’,
काठमाडौंको सानो भ¥याङस्थित बंगालामुखी आयल स्टोर्सले सप्टवेयर जडान गरी कम तेल वितरण गरेर उपझोक्ता ठग्ने गरेको फेला परेको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा सानो भ¥याङमा रहेको सो पेट्रोल पम्पले कम तेल वितरण गरी उपभोक्ता ठग्ने गरेको पाइएको हो ।
बंगालामुखी आयल स्टोर्सले सप्टवेयरमार्फत उपभोक्तालाई कम तेल दिने गरेको अनुगमनका क्रममा भेटिएको विभागले जानकारी दिएको छ ।
२०७५ कात्तिक २६ गते प्रकाशित
