News Portal

यो महिना सुनको भाउ घट्यो

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१४७८ पटक
काठमाडौं

कार्तिक २८, काठमाडाैं – यो महिनामा सुनको भाउ तोलामा १८ सय रुपैयाँ घटेको छ । एक गते तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ५८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

१ गते ६० हजारमा कारोबार भएपनि ८ गते भाउ बढेर ६ वर्षयताकै महंगो तोलाको ६३ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसयता फेरि बिस्तारै घटेको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेको हो ।

डलरको तुलनामा भारतीय रुपैयाँ मजबुत हुँदा सुनको भाउ घटेको महासंघले जनाएको छ । आज चाँदी पनि तोलामा ५ रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

२०७५ कात्तिक २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्