News Portal

प्रेस स्वतन्त्रतालाई कुण्ठित गरिने कुनै पनि कानून स्वीकार्य छैन : सभापति आचार्य

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७१ पटक
काठमाडौं

कार्तिक २८, विराटनगर – नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कसैसँग पनि सम्झौता नहुने बताएका छन्  । विराटनगरमा आज पत्रकारहरुसँग छलफल गर्दै उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी कुनैपनि हुने निर्णय वा तर्जुमा गरिने कानून स्वीकार्य नहुने बताएका हुन्  ।

उनले आम सञ्चारसम्बन्धी कानून बनिरहेको जानकारी दिँदै सञ्चारसम्बन्धी संरचना कस्तो बनाउने भन्ने विषयमा विराटनगरमा छिटै सम्मेलन गर्न लागिएको पनि बताए  ।

सभापति आचार्यले मुलुकी संहिताले स्वतन्त्र पत्रकारितामा अङ्कुश लगाउन खोजेकामा यसलाई समाधान गर्न बनेको कार्यदलबाट सकारात्मक कार्य हुनेमा जोड दिए  । उनले निरन्तर सङ्घर्ष र वकालत गर्ने नेपाल पत्रकार महासङ्घले राष्ट्र र जनताका हितका निम्ति नियमित आवाज उठाइरहेको स्पष्ट पारे  ।

२०७५ कात्तिक २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्