मोटिभेटन्यूज संवाददाताकाठमाडौं

कार्तिक २८, काठमाडौं– १ लाख ४० हजार घुस सहित पक्राउ परेका महानगरीय प्रहरी वृत बौद्धका डिएसपी श्यामकुमार राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
उनले सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ल्याइदिनु भन्दै जिन्सी घुस माग गरेका थिए। पछि आफैंले टिभी किनेर ल्याएकाले सो बापतको १ लाख ४० हजार रुपैयाँ दिनु भनि घुस लिँदा–लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको थियो।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले सोही उपदफाको (घ) बमोजिम जरिवाना र कैद सजाय हुनेगरी मागदाबी लिई बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
२०७५ कात्तिक २८ गते प्रकाशित
