News Portal

विभिन्न सञ्चारमाध्यममा ‘मुख्यमन्त्रीको शंकास्पद निवास’ शिर्षकमा प्रकाशित समाचारप्रति मुख्यमन्त्री पौडेलको आपत्ति

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२८२ पटक
काठमाडौं

कार्तिक २८, काठमाडौं– विभिन्न सञ्चारमाध्यममा ‘मुख्यमन्त्रीको शंकास्पद निवास’ शिर्षकमा प्रकाशित समाचार प्रति ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आपत्ति जनाएका छन्।

भैँसेपाटीमा रहेको शहरी विकास मन्त्रालयको स्वामित्वकोे भवन मुख्यमन्त्रीको सरकारी आवास भवनको रुपमा प्रयोग भएको जनाउँदै तर त्यसको मर्मतमा सरकारी रकम नै खर्च भएको जानकारी पौडेलका निजी सचिव बद्रीबहादुर पाठकले विज्ञप्तिमा जनाएका छन् ।

‘उक्त भवनको मर्मत, रंगरोगन, सजावटमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोग लिएको कुरा  आधारहीन र तथ्यमा आधारित नरहेको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त भवनको मर्मतसहितका कामका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपुरमार्फत खर्च भएको हो । आवासका लागि फर्निचरसहितका सामग्री मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट खर्च भएको हो ।’

यस्तो छ विज्ञप्ति 

 

२०७५ कात्तिक २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्