News Portal

प्रहरीलाई दुई सय रुपैयाँ घुस दिने ट्रक चालक पक्राउ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३३ पटक
काठमाडौं

कार्तिक २८, काठमाडौं– सवारी चेकजाँचका क्रममा प्रहरीलाई घुस दिन खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले भक्तपुर मध्येपुर ठिमी नगरपालीका ३ गठ्ठाघर चोकमा चेकजाँच गर्ने क्रममा ना ५ ख ७१८१ नम्बरको ट्रकको चालकले रूट प्रमिट कागजको भित्र नगद  २०० रूपैया राखी घुस दिएकोले ट्रक र निज चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । ।

यसैगरी, महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुद्धनगरमा चेकजाँच गर्ने क्रममा गिट्टी बोकेको बा २ ख ८१२९ नम्बरको मिनिट्रकका चालक जित बहादुर तामाङको साथमा कागजपत्र नभएकोले प्रहरीलाई नगद रु. १०००।-  घुस दिएकोले निजलाई उक्त सवारी साधन सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ   ।

२०७५ कात्तिक २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्