News Portal

मर्यादाक्रम नमिलेको भन्दै कार्यक्षेत्र जान मानेनन् शिक्षाका उपसचिव

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२३ पटक
काठमाडौं

कार्तिक २९, काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सेवाका उपसचिवलाई नगरपालिकामा काम गर्न खटाए पनि मर्यादाक्रम नमिलेको भन्दै उनीहरु कार्यक्षेत्रमा जान मानेका छैनन् ।

यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ । मन्त्रालयले गत असोज २९ गते १ सय ६६ जना उपसचिवलाई नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बनाएर पठाउने निर्णय गरेको थियो ।

तर नगरपालिकाको प्रशासकीय अधिकृत (निजामती सेवाका उपसचिव) आफूभन्दा कनिष्ठ रहेको र उनीहरुकोमातहतमा शाखा प्रमुख भएर बस्न नसुहाउने भन्दै उपसचिवले असन्तुष्टि जनाएका छन् ।

२०७५ कात्तिक २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्